नियम १०८
बन्द इजलासको व्यवस्था र कार्यविधि
(१) बालबालिका, जबर्जस्ती करणी, जिउ मास्ने बेच्ने, नाता कायम, सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा वा अन्य कानूनले बन्द इजलासबाट हेरिने भनी तोकिदिएको मुद्दा, खुल्ला इजलासबाट सुनुवाइ गर्नु मनासिब नभएको भनी अदालतले बन्द इजलासबाट हेर्ने भनी आदेश गरेका अन्य मुद्दाको सुनुवाइ बन्द इजलासमा हुनेछ।

(२) उपनियम (१) अन्तर्गत बन्द इजलासमा मुद्दाको कारबाही चल्दा सम्बन्धित कानून व्यवसायी, सरकारी वकिल, विशेषज्ञ, अभियुक्त, पीडित व्यक्ति, निजको संरक्षक

शु । तथा अदालतले अनुमति दिएका प्रहरी र अदालतका कर्मचारीमात्र उपस्थित हुन सक्नेछन्‌।

७(३) बन्द इजलासबाट हेरिएका मुद्वासम्बन्धी कागजातको प्रतिलिपि वादी, प्रतिवादी, निजहरुको कानून व्यवसायी र पीडितबाहेक अरूलाई दिनु हुँदैन । स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि पीडित भन्नाले जाहेरवाला, कसूरबाट असर परेको व्यक्ति वा निजको संरक्षक वा हकवालालाई समेत जनाउँछ।

(४) बन्द इजलासबाट हेरिएका मुद्दाको तथ्य खुलाई कुनै पत्रपत्रिकामा समाचार सम्प्रेषण गर्नु हुँदैन।

तर अदालतले अनुमति दिएमा पीडितको परिचय नहुने गरी समाचार सम्प्रेषण गर्न सकिनेछ।